खुल्ला पुरुष कपर्दी प्रतियोगिता अाज देखि सेमरीमा शुरु

नन्दु यादव नवलपरासी 
 
पश्चिम नवलपरासी जिल्ला काे प्रतापपुर गाउपालिका वडा न २सेमरीमा अाज देखि खुल्ला पुरुष कपर्दी प्रतियोगिता शुरु भएकाे छ ।
 
बडा दशैका पावन अवसरमा नवदुर्गा समितिकाेअध्यक्ष  बिक्रम यादव काे अध्यक्षता तथा प्रतापपुर गाउपालिका अध्यक्ष उमेशचन्द्र यादवकाे प्रमुख अतिथ्यतामा अाज एक कार्यक्रम बिच कपर्दी प्रतियोगिता कार्यक्रम उदघाटन गरिएकाे छ ।
कार्यक्रम मा समाजसेवी नाथुराम क्षेत्री ,वडा न १वडा अध्यक्ष महेन्द्र बहादुर चाैधरी ,सराेज थापा ,गापा उपाध्यक्ष मानकुमारी चाैधरी लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएकाे थियाे ।
 
कार्यक्रम मा बाेल्दै प्रमुख अतिथि यादवले कपर्दी प्रतियोगिता युवाहरुकाे लागि खेलकुद रहेकाे भन्दै प्रतापपुर का खेलाडीहरुलाई जिल्ला देखि प्रदेश र केन्द्रसम्म हरेक खेलमा अाफुसहयाेग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु गर्नुभयाे ।साथै प्रतापपुरमा खेलाडी काे माग अनुसार अाफुले बजेट बिनियाेजन गर्न प्रतिबद्ध रहेकाे समेत बताउनु भयाे ।खेलकुदलाई  ब्यवसायिक रुपमा लैजानुपर्ने कुरामा जाेड दिनु भयाे ।कार्यक्रम मा नेपाल र भारतका टिमहरुका सहभागीता रहने अायाेजकले जनाएकाे छ ।कार्यक्रम लाई हरिषचन्द्र जाेशीले सन्चालन गर्नुभएकाे थियाे ।

Comments