भुजहवा नाकाबाट राेकियन कुखुरा तस्करी

 

असाेज २३नवलपरासी 

नवलपरासी जिल्ला काे भुजहवा नाकाबाट भएकर रुपमा कुखुरा तस्करी भईरहेकाे छ ।अहिले दिनदहाडै बाईकमा धमाधम तस्करी भईरहेकाे छ ।तर प्रहरी माैन छ ।

भारतीय बजारमा कुखुरा सस्तो भएपछि सरकारले आयातमा रोक लगाएको थियो । तर सीमावर्ती भुजहवा नाकामा निगरानी नपुग्दा अवैध रुपमा नेपाली बजारमा भारतीय कुखुराको मासु बिक्री वितरण बढेको हो ।राेग परिक्षण बिना भारतबाट दिनहु ब्राेईलर  कुखुरा भित्रिदा मानव स्वास्थ्यमा असर पर्ने सम्भावना उच्च छ ।

नेपालमा जिउँदो कुखुराको मूल्य प्रति केजी दुई सय ४० देखि ६० रुपैयाँको हाराहारीमा छ । भारतमा अहिले प्रति केजी भारतीय ९२ रुपैयाँ पर्छ । किलोमा एक सय रुपैयाँ अन्तर भएपछि कुखुरा तस्करी बढेको छ ।भारतीय कुखुराको तस्करीमा तस्करका साथै केही व्यवसायी र सिमाक्षेत्र स्थित रहेका प्रहरीहरुकाे मिलोमतो रहेको कारण तस्करी नियन्त्रण हुनुको साटो झन झन बढदैगएको स्थानिय ब्यवसायीले गुनासो गर्दै आएका छन् ।

भुजहवामा जनपद प्रहरीको चाैकि पनि उपस्थिति छ । तर, सुरक्षा बार तोडेर नाकामा सहजै तस्करी भइरहको छ । सीमा नजिकै रहेका कुखुरा पालक किसानको अभिलेख कसैले राखेको छैन । न त खोलिएका फार्म र मासु पसलहरु दर्ता नै छन् । त्यस्ता व्यापारीले किसानका नाममा भारतीय कुखुरा तस्करी गर्ने गरेको तथ्य फेला परेको छ ।

बोइलर कुखुरामा सरकारले कुनै अनुदान दिँदैन । बिमा कम्पनीले बिमा गर्न मान्दैनन् । दाना, ब्रिड र बैँक कर्जा महंगो छ जसले गर्दा किसानको उत्पादन लागत बढिरहेको छ । अवैध आयात बढेपछि नेपाली किसान मारमा परेका छन ।

Comments