लागू औषध तथा घरेलु हिंसा नियन्त्रण सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न
अारपि उपाध्या त्रिवेणी बैशाख ६
ईलाका प्रहरी कार्यालय त्रिवेणी पुर्वी नवलपरासीको आयोजनामा लागू औषध तथा घरेलु हिंसा नियन्त्रण सम्बन्धि जनचेतनामूलक कार्यक्रम विनयी त्रिवेणी ७ गण्डक ब्यारेज नाकामा मङ्गलबार सम्पन्न भएको छ।
"हाम्रो आवाज लागू औषधको दुर्व्यसनबाट सुरक्षित समाज" भन्ने मुल नाराका साथ आयोजना गरिएको जनचेतनामूलक कार्यक्रममा ईलाका प्रहरी कार्यालय त्रिवेणीका वरिष्ठ सब इन्स्पेक्टर प्रेम बहादुर बिष्टले सहजीकरण गर्नुभएको थियो।
जनचेतनामूलक कार्यक्रममा ब्यारेज पुल अन्तर्गतका स्थानिय ब्यापारी,बस,अटो रिक्सा चालकहरुको कार्यक्रममा उपस्थिति रहेको प्रहरीले बताएको छ। विनयी त्रिवेणी ६ र ७ अन्तर्गत सवारी दुर्घटना न्यूनीकरण, लागू औषध दुर्व्यसन र घरेलु हिंसा विरुद्ध सम्बन्धि जनचेतना फैलाउने उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रममा ५० व्यक्तिहरुको सहभागिता रहेको आयोजकले बताएको छ।
नेपाल भारत सिमा नाका र आसपासका ईलाकाहरुमा बढ्दो घरेलुु हिंसा र लागू औषध दुर्व्यसनियहरुको संख्यामा वृद्धि हुन थालेपछी प्रहरीले अभियानकै रुपमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको हो।
शान्तिपूर्ण र सुरक्षित समाजको लागि जनचेतनामूलक कार्यक्रमले सामाजिक विकृती रोक्न टेवा पुग्ने विश्वास पनि गरिएको छ।
नयाँ वर्षको आगमन सङ्गै सामाजिक कुरीति रोक्न सञ्चालन गरिएको जनचेतनामूलक कार्यक्रमलाई वडा, टोल र बस्ती सम्म पुर्याउने उद्देश्य रहेको पनि प्रहरीले जनाएको छ।







Comments