प्रतापपुर गाउपालिका द्वारा बजार अनुगमन

नन्दु यादव असाेज २१
दसैँ, तिहारलगायत ठूला चाडबाडलाई लक्षित गरी प्रतापपुर गाउपालिकाले बजार अनुगमन सुरु गरेको छ।
अखाद्य वस्तुको किनमेल र मनपरी मूल्य लिने प्रवृत्ति रोक्न बजार अनुगमन थालिएका  अनुगमन समिति कि सयाेजक एवम प्रतापपुर गाउपालिकाकि उपाध्यक्ष मानकुमारी चाैधरीले जानकारी दिनु भयाे।

उनका अनुसार प्रतापपुर गाउपालिका भित्र रहेका गाेपिगन्ज, बेलाटारी सुर्यपुरा ,गुठीप्रसाैनी,सिसहनिया ,अमहवा साेमनी लगायतकाे क्षेत्रमा रहेका विभिन्न पसलहरुमा अनुगमन गरिएकाे बताउनु भयाे ।

अनुगमनका क्रममा म्याद गुज्रेका खाद्य सामग्री, सरकारले प्रतिबन्ध लगाएका सामानहरु तत्काल नस्ट गर्नपर्ने निर्देशन दिनु भयाे ।पहिलाे पटक सम्झाई बुझाई गर्दै अर्काे पटक कानुन उलघन गरे कार्वाही गरिने बताउनुभयाे।  ती पसलमा प्याकेजिङ ,अनुमति पत्र नलिइ सामान प्याकेजिङ गरेको, व्यवसाय नवीकरण नगरेको, नापतौल दर्ता नभएको पाइएको उनको भनाइ छ।

चाडबाडका बेला बजारमा हुने उपभोक्ताको भीडभाडको मौका छोपेर व्यवसायीले म्याद गुज्रेका सामान बेच्ने गरेको गुनासो आउने गरेको छ। बजारमा कृत्रिम अभाव देखाएर मनलाग्दी रुपमा सामानको भाउ बढाउने व्यवसायीलाई कारबाही गरिने प्रमुख प्रशासकिय अधिकृत अर्जुन चाैधरीले जानकारी दिनु भयाे । बजार अनुगमनलाई तीव्रता दिइने प्रतापपुर गाउपालिकाले जनाएको छ। 

Comments