बिबिए तेस्राे सेमेस्टर मा नेपालमै प्रथम भएका गुप्तालाई प्रतापपुर गा.पा.द्वारा प्राेत्साहन स्वरुप नगद सहयाेग

नन्दु यादव नवलपरासी 

पश्चिम नवलपरासी जिल्ला काे प्रतापपुर गाउपालिका वडा न९का नबिन्द्र गुप्तालाई प्रतापपुर गाउपालिकाले सम्मान सहित प्राेत्साहन स्वरुप अार्थिक नगद सहयाेग गरेकाे छ।

दिव्यज्योति बहुमुखी क्याम्पसका मेधावी छात्र नवीन्द्र गुप्ताले BBA 3rd Semester को परिक्षामा 4.00 SGPA गरि नेपाल प्रथम हुन सफल भएकाेमा गाउपालिकाले हार्दिक बधाई ब्यक्त तथा सम्मान गर्दै  एक सेमेष्टरका लागि लाग्ने रु.६५५००/- शुल्क प्रतापपुर गाउँपालिकाले प्रोत्साहन स्वरुप अाज नगद  सहयोग गरेको छ। 

कार्यक्रममा बाेल्दै प्रतापपुर गाउपालिका अध्यक्ष उमेशचन्द्र यादवले नबीन्द्र गुप्ताले शैक्षिक क्षेत्रमा फडकाे मार्दै प्रतापपुर गाउपालिकालाई नेपालमै पहिचान दिलाउन सफल भएकाेमा वहालाई हार्दिक बधाई दिदै अझै शैक्षिक क्षेत्रमा अझ सफलता मिलाेस भनि शुभकामना समेत दिनु भयाे ।

मानिसको जीवनमा शिक्षाले  धेरै  महत्त्व  राखेको हुन्छ ।  शिक्षा भनेको नयाँ कुरा सिक्ने र जीवन जिउने कलाको विकास गर्ने माध्यम हो । शिक्षाले हामीलाई यस कठिन संसारमा कसरी आफ्ना लागि ठाउँ बनाएर बाँच्ने भन्ने कला सिकाउँछ भन्ने कुरालाई मध्यनजर गर्दै प्रतापपुर गाउपालिकाले शिक्षाक्षेत्र मा लगानी गर्दै अाएकाे बताउनु भयाे।

Comments