गजेन्द्र मोक्ष धामको गुरुयोजना तर्जुमा सम्बन्धि अन्तरक्रिया

 

अारपि उपाध्या त्रिवेणी चैत २८

पुर्वी नवलपरासी विनयी त्रिवेणी गाउपालिकाको त्रिवेणीमा आयोजित एक कार्यक्रमका वक्ताहरुले विकासको पुर्वाधारहरु विकसित गर्दै लगिएमा त्रिवेणीधामलाई पहिचान सहितको तिर्थ स्थल बनाउन सकिने धारणा राखेका थिए । उनीहरुले ज्ञान र विज्ञानको अन्तर सम्बन्ध बलियो बनाउन सकियो भने मानिसलाई बैचारिक रुपमा पनि सुखी बनाउन सकिने बिचार ब्यक्त गरेका थिए  । त्रिवेणी गजेन्द्र मोक्ष धामको गुरुयोजना तर्जुमा सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त धारणा राखेका हुन । त्रिवेणी गजेन्द्र मोक्ष दिव्यधाम क्षेत्र विकास समिति त्रिवेणी ६ का अध्यक्ष करपात्रि स्वामी कृष्ण प्रपन्नाचार्यको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । अन्तरक्रिया कार्यक्रममा गण्डकी प्रदेश सदस्य लक्ष्मण पाण्डेले गण्डकी प्रदेशको समग्र बिकासको अबधारणा अनुसार नै दिव्यधाम क्षेत्र विकास समितिको अवधारणा ल्याइएको बताउदै पुराना कर्मचारी तन्त्रलाई सुधार नगरेसम्म जनताले चाहे अनुसारको परिवर्तन गर्न नसकिने बिचार ब्यक्त गर्नुभयो । गण्डकी प्रदेशसभा सदस्य पाण्डेले  समाजमा रहने सबै सम्प्रदायको अस्तित्वलाई सम्मान गर्दै धर्मको नाममा होडबाजी नगरेर ज्ञान प्राप्तिको होडबाजी गर्नुपर्ने जिकिर गर्नुभयो । 

अन्तरक्रिया कार्यक्रममा बैंकटेस मन्दिर त्रिवेणीका पिठाधिस चक्रपाणी आचार्य, राधाकृष्ण मन्दिरका पिठाधिस हरि शरण उपाध्याय , ब्रम्हकुमारी ईश्वरी बिश्व बिध्यालय त्रिवेणीकी सञ्चालिका जानकी बैनी लगायतले आफ्नो धारणा राख्नुभएको थियो । सो अवसरमा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक झपेन्द्रेश्वर भुषालले ०७८ बमोजिम संसोधन सहित ०७९ साल श्रावण महिनामा गठन भएको समितिमा हाल १०  सदस्य रहेका छन् भने समितिको कार्यावधी ५ बर्ष सम्म रहने जानकारी दिनुभएको छ । अन्तरकृया कार्यक्रममा राजनैतिक दल , संघ संस्थाका प्रतिनिधि, विभिन्न मठ मन्दिरका प्रतिनिधि, एवं पिठाधिस र स्थानिय संचारकर्मी हरुको उपस्थिती रहेको थियो । अन्तरक्रियामा प्राप्त सल्लाह सुझाव अनुसार क्षेत्र विकास समितिले भावी रणनिति र विकाशको प्रकृया अगाडी बढाईने  जानकारी दिएको छ ।

Comments