सामुदायिक बिद्यालय ब्यवस्थापन समिति महासघ प्रतापपुरमा अनाेज यादव चयन
नन्दु यादव
पश्चिम नवलपरासी जिल्ला काे प्रतापपुर गाउपालिकामा गठित सामुदायिक बिद्यालय ब्यवस्थापन समिति महासघमा अनाेज यादव सर्वसम्मत चयन हुनुभएकाे छ ।
महेन्द्र माध्यमिक बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रहेका यादव अाज एक कार्यक्रम बिच चयन हुनु भएकाे हाे
बिशेष गरि सामुदायिक बिद्यालयले प्रदान गर्ने शिक्षालाई गुुणस्तरीय बनाउन र सामुदायिक बिद्यालयलाई ब्यस्थित रुपमा सन्चालन गर्ने उदेश्यका साथ समिति गठन गरिएकाे हाे।रमेश बस्याल अध्यक्षता तथा प्रतापपुर गाउपालिका अध्यक्ष उमेशचन्द्र यादवकाे प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे।कार्यक्रममा बाेल्दै प्रमुख अतिथि यादवले यस समितिले सामुदायिक बिद्यालयहरुले गुणस्तरीय शिक्षा प्रदान तथा शिक्षातर्फ सुधार हुने कुरामा बिश्वस्त रहेकाे बताउनु भयाे।साथै पालिकाबाट हुने सहयाेग गर्न प्रतिबद्ध रहेकाे समेत बताउनु भयाे ।कार्यक्रम सुर्य न्याैपाने ले मन्तब्य ब्यक्त गर्नु भएकाे थियाे ।







Comments