सुरजपुरा गण्डक नहरमा नुहाउने क्रममा बालक बेपत्ता

सहबान अन्सारी

नवलपरासीमा नुहाउने क्रममा एक जना बालक बेपत्ता भएका छन।

शनिवार साँझ प्रतापपुर गाउँपालिका वडा नं. ७ सुर्यपुरा बस्ने अनवर देवनको छोरा  १०  बर्षिय अस्लाम देवन घर नजिकै रहेको सुर्यपुरा स्थित  भारतिय गण्डक नहरमा नुहाउने क्रममा अचानक डुबी बेपत्ता भएको  प्रहरीले जनाएको छ।

बेपत्ता भएका बालकको गण्डक नहरमा  प्रहरी टोली र स्थानियहरुको सहयोगमा खोजी कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी रेशम बोहराले बताए।

Comments