प्रतापपुर गाउपालिका अध्यक्ष यादव द्वारा बाढी बाट प्रभावित क्षेत्रमा अनुगमन

नन्दु यादव 
 
पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपुर गाउपालिकाका अध्यक्ष उमेशचन्द्र यादव ले अाज गाउपालिका भित्र रहेका बाढीबाट प्रभावित क्षेत्रमा अनुगमन गर्नु भएकाे छ ।हिजाे देखि परेकाे अबिरल बर्षाकाे कारण अहिले नवलपरासी काे विभिन्न क्षेत्र डुबान रहेकाे छ ।
 
अाज गाउपालिकाका अध्यक्ष उमेशचन्द्र वडा न ३का वडा अध्यक्ष ऋषिदेव दास लगायतले काे जनप्रतिनिधि हरुकाे टाेलिले नन्दपुर,साेमनी ,गिदहा ठुलाखैरटवा धर्माैली सुर्यपुरा बैदाैली लगायत विभिन्न टाेलमा अनुगमन  गरिएकाे छ ।
विभिन्न टाेलमा रहेका घरहरुहरुमा पानी पसेकाे छ भने केही घर भत्केकाे छ।यसकाे सबै डाटा सकलन कार्य भईरहेकाे अध्यक्ष यादवले जानकारी दिनु भयाे।मैले गाउपालिका भित्र रहेका सम्पूर्ण बाढीबाट भएकाे क्षति बारे डाटा सकलन गर्न लगाएकाे छु तेसैकाे अाधारमा गाउपालिकाले सहयाेग गर्ने बताउनु भयाे ।
 
 
बाढी बाट अतिप्रभाबित परिवार लाई सुरक्षित स्थानमा सारिएकाे बताउनु भयाे ।

Comments