जन्मदिनकाे अवसरमा गाउपालिका अध्यक्ष यादव द्वारा शैक्षिक सामाग्री सहयाेग
नन्दु यादव नवलपरासी
पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपुर गाउपालिका अध्यक्ष उमेशचन्द्र यादवले अाफ्नाे जन्मदिनकाे अवसरमा प्रतापपुर गाउपालिका वडा न ७झुलनीपुरमा रहेकाे श्री जिवन ज्याेति प्रा. बि. झुलनीपुरमा अध्यनरत बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयाेग गर्नु भएकाे छ। बिद्यालयका अतिबिपन्न जेहन्दार बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयाेग गरिएकाे बताउनु भयाे ।
सहयाेगी यादव काे जन्म बि.स.२०३८/६/११गते भएकाे हाे।यादव निकै हसिलाे र मिलनसार स्वभावकाे रुपमा रहेका उनी समाज रुपान्तरणमा अाफ्नाे सधै सहयाेग रहने बताउनु भएकाे छ।समाजमा भएका विभिन्न समस्या लाई रुपान्तर गर्दै अगाडि बढने लक्ष्य रहेकाे छ ।समाज लाई रुपान्तरण गर्न सके अाफु जिवनमा सफल हुने वहाले बताउनु भयाे।लामाे समयदेखि समाजसेवा गर्दै आउनुभएका यादव राजनीतिमा सक्रिय रुपमा होमिएका छन्। अहिले सबै युवाहरुकाे ढुकढुक्की बन्नु भएकाे छ।
देशलाई सहि दिशातर्फ लैजानुपर्छ तथा देशकाे जनताकाे लागि केही गरिनुपर्छ भन्ने मुल्य मान्यताका साथ यादव राजनीति तर्फ अगाडि बढेका हुन्। स्वास्थ्यकर्मी पेशाबाट जनताकाे सेवागर्दै अाउनु भएका यादव पछिल्लो समय राजनिती तर्फ निकै सक्रिय हुँदै अामनागरिकहरुकाे सहारा बनेका छन।यादव अहिले यश क्षेत्रका युवा नेताकाे रुपमा पहिचान बनाउन सफल हुनुभएकाे छ ।
शैक्षिक क्षेत्रमा प्रतापपुर गाउपालिका फडकाे समेत मारेकाे छ । शिक्षाबाट कुनै पनि व्यक्ति विचलित नहुनको लागि शिक्षा क्षेत्रमा गाउँपालिकाबाट हुने सहयोग गर्दै आएकाे बताउनु भयाे।अहिले उहाँको जन्मको दिनको अवसरमा विभिन्न संचार माध्यम बाट उहाँलाई शुभकामनाका म्यासेज हरु अाईररहेका छन ।कतिपय ले त भबिस्यबाणी गर्दै भबिष्यकाे मन्त्रीकाे रुपमा देख्न चाहेकाे समेत बताएका छन ।
मेराे लक्ष्य नै समाज रुपान्तरण हाे।लामाे समय देखि जनताहरुकाे सेवाका लागि समाजिक काममा खटिदै अाउनु भएकाे छ ।वहाले प्रत्येक बर्ष जन्मदिनकाे अवसरमा विभिन्न क्षेत्रमा सहयाेग गर्दै अाउनु भएकाे छ।







Comments