घाेषणा पत्र अनुसार नै काम अगाडि बढाएकाे छु:हेयात खा धुनिया
नन्दु यादव नवलपरासी
असाेज ७
वडा मा भईरहेका बिकास काम बारे सरावल गाउपालिका वडा न ७का वडा अध्यक्ष हेयात खान धुनिया सग गरिएकाे कुराकानी
१तपाईकाे वडामा समग्र अवस्था कस्ताे रहेकाे छ ?
मेराे वडाकाे समग्र अवस्था भन्नपर्दा लगभग अरु वडाकाे तुलनामा राम्रै छ ।मेराे वडा काे सडक ,स्वास्थ ,शिक्षा कृषि क्षेत्रमा फडकाे मारेकाे छ ।अाफ्नाे वडालाई नमुना बनाउन लक्ष्य लिएकाे छु ।जनताकाे सेवामा सधै समर्पित छु।यहाँ अामनागरिकहरुले असल जनप्रतिनिधि पाएकाे महशुस गरिरहेका छन ।दिनरात नभनि खटिरहेकाे छुु।जनताले पाउने वडा कार्यााालयबाट सेवालाई सहज र सरल तरिकाबाट ब्यवस्थापन मिलाएकाे छु ।वडामा भएका कार्यहरु प्रति असन्तुष्टि अाएमा गुनासाे पेटिका राखेकाे छु।सल्हाह र सुझाव अनुसार अाफ्नाे कामकाजलाई अगाडि बढाएकाे छु ।
२.तपाई निर्वाचित हुनु अगाडि र तपाई निर्वाचित भए पश्चात भनाईमा र काम गराईमा प्रकृयागत भिन्नता के भयो ?
निर्वाचन हुनु अगाडि र निर्वाचित भएपछि भनाई र काम गराई मा प्रकृयागत ठुलै भिन्नता रहेकाे महशुस भएकाे छ। अामनागरिकहरुकाे चाहनाअनुसार काम गर्न नसकेकाे अवस्था हाे किन भने अामनागरिककाे चाहनाअनुसार काम गर्ने हाे भने राज्यले उपलब्ध गराउने बजेट निकैै कम भएकाे हाम्राे बुझाई हाे ।।।जनताकाे हजाैराै ईच्छालाई पुरागर्न तेहिअनुसार बजेट काे अावश्यकता पर्छ ।राज्यले उपलब्ध गराउने बजेट मा बृध्दि गर्न पर्छ जसले गर्दा हामिलाई पनि काम गर्न सहज हुन्छ ।निर्वाचन अगाडी धेरै बाचा गरियाे तर बजेट अपुगले गर्दा र प्रकिया झन्झटका कारण काम गर्न चुनाैति रहेकाे छ ।हामिसग भएकाे सिमित बजेटले लक्षित क्षेत्रलाई मध्यनजर गर्दै बजेट बिनियाेजन गर्दा कतिपय अामनागरिककाे अावश्यकता अनुासर काम गर्न असहज हुन्छ । स्वास्थ शिक्षा ,पुर्वाधार खेलकुद बालबालिका महिला युवा लगायतकाे क्षेत्रमा काे बजेट बिनियाेजन गर्दै अाएका छाै ।
३.तपाई निर्वाचित भए पछि तपाईको वडामा गर्नु भएका महत्वपूर्ण कामहरु के के हुन ?
म निर्वाचित भए पछि मेराे वडामा धेरै काम भएका छन।सडकहरु अारसिसि,शिक्षामा सुधार ,किसानहरुलाई खेति सिचाईका लागि बाेरिङ ,पम्पसेट र पानी तान्ने माेटरहरु बितरण,हेन्डपाईप बितरण,हरेक टाेलटाेलकाे पाेलमा बत्ति जडान,धार्मिक स्थलतथा सार्वजनिक स्थलमा सिमेन्ट कुर्सी ब्यवस्थापन,बर्दघाट मन्दिर लाई प्रर्यटकिय स्थलकाे सन्चालन ,साेलर लाईट ,स्वास्थ्य चाैकी निर्माण ,अहिले वडा कार्यालयकाे नया भवन काे काम अन्तिम चरणमा पुगेकाे छ।बैशाख भित्रै नया वडा कार्यालय भवन बाट वडाकाे सेवाहरु सन्चालनमा अाउनेछन।खेलकुद क्षेत्र प्राेत्साहित गरेकाे छु।मेराे वडा भारतकाे सिमा नाका सग जाेडिएकाेनाका भएकाेले यहाबाटहुने लागपर्दार्थ दुर्ब्यसनिलाई नियन्त्रण मा ल्याएकाे छु।विभिन्न जनचेतनामूलक सन्देशमुलक सुचना प्रवाह ,जनचेतनामूलक कार्यक्रम सन्चालन गर्दै न्युनिकरण गर्दै अाएकाे छु।
४ तपाईले निर्वाचनकाे समयमा नागरिक सग गर्नु भएकाे प्रतिबद्धताहरु कति पूरा भएकाे छ ?
मैले निर्वाचन मा बाचा गरेकाे प्रतिबद्धताहरु लगभगधेरै पूरा गरिसकेकाे छु ।अझै पनि केही बाकि रहेका छन ती बाकि लाई पूरा गर्नेे कसरतमा छु।मैले पुरा गर्न नसकेकाे खानेपानी समस्या र बेरोजगारी समस्या रहेकाे छ।त्यसलाई समाधान गर्न प्रयास गरिरहेकाे छु ।खानेपानी काे लागि प्रदेश सरकारलाइ पहल गरिरहेकाे छु भने बेरोजगारी समस्या लाई हाम्राे गाउपालिका भित्र रहेका विभिन्न कलकारखाना सग पहल गरिरहेकाे छु ।मेराे याे दुईवटा लक्ष्य पूरा भए मेैैैले गर्नपर्ने काम पूरा भएकाे महशुस गर्थे ।अरु सब काम लगभग सम्पन्न गरिसकेकाे छु।
५निति तथा कार्यक्रम र बजेट तथा याेजना बनाउदा निर्वाचन घाेषणापत्रलाई कतिकाे महत्व दिनु भएकाे छ?
मैले नीति तथा कार्यक्रम र बजृट तथा याेजना बनाउदा घाेषणा पत्रमा रहि नै लगभग बनाएकाे छ ।मेराे घाेषणा पत्र अनुसार नै वडा कार्यालय भवन निर्माण ,स्वास्थ्य चाैकि निर्माण ,बर्थिङ सेन्टर सन्चालन ,गाउँ उज्यालाे अभियान,सिचाईमा सहजता,बर्दघाट मन्दिर लाई पर्यटकिय स्थलकाे रुपमा सन्चालन लगायत घाेषणा पत्र अनुसार नै अघि बढिरहेकाे छु ।अझै पनि केहि बाकि नै छन।त्याे पूरा गर्न अझैै ३०महिना समय रहेकाे छ।तेस समय भित्र सबै पूरा हुने बिश्वास लिएकाे छु ।
६तपाईकाे पालिकामा कर्मचारी र जनप्रतिनिधि बिचकाे सम्बन्ध कस्ता रहेकाे छ ?
हाम्राे पालिकामा कर्मचारी र जनप्रतिनिधि बिच सम्बन्ध सुमधुर रहेकाे छ ।कर्मचारी हरुले नीति नियममा रहि काम काज गर्न सब जनप्रतिनिधि हरुसग समन्वय गरि अगाडि बढिरहेका छन ।जनप्रतिनिधिहरुले पनि नितिनियन अनुसार नै सहजरुपमा काम काज अगाडि बढाएका छन।नीति नियमलाई मिचि कामकाज गर्न कसैलाई पनि छुटनभएकाे हाम्राे बुझाई हाे ।तेहि कर्मचारी ले गर्नु पर्न काम कार्य र जनप्रतिनिधि ले गर्नुपर्ने काम कार्यलाई सहजरुपमा अगाडि बढिरहेकाे छ ।कुनै पनि किसिमकाे खिचातानी ,तनाव रहेकाे छैन ।एक अर्काकाे सल्लाह सुझाव अनुसार कामकाज लाई अगाडि बढाईएकाे छ।कर्मचारी र जनप्रतिनिधि काे सम्बन्ध अटुट रहेकाे छ ।
७तपाईकाे वडामा कृषिकाे बिकासका लागि के गर्नु भएकाे छ ?
मैले कृषि क्षेत्र लाई बिकास गर्न धेरेै काम गरेकाे छु ।नेपालमा रहेका बहुसंख्यक जनताको मुख्य पेशा भनेकै कृषि हो । जसमा कृषिले अर्थतन्त्र र जीविकोपार्जनमा महत्वपूर्ण भूमिका खेलेको छ । जसलाई समष्टि रूपमा हेर्ने हो भने देशको लगभग ६६ प्रतिशत मानिसहरू कृषि पेशामा संलग्न छन् । जसबाट राष्ट्रको कूल गार्हस्थ उत्पादनको एक तिहाइ योगदान प्राप्त हुने सम्बन्धित क्षेत्रले आंकलन गरेको पाइन्छ । किसानहरुले अाफ्नाे खेति लाई सहज सरल तरिकाले सिचाई गरि बढि भन्दा बढि उत्पादन मा बृध्दि गर्ने लक्ष्यका साथ बाेरिङ ,पम्पसेट,पानी तान्ने माेटर कम खर्चमा धेरै उत्पादन गर्नका लागि बिद्युतिकरण गरेकाे छु ।जसबाट थाेरै खर्च बाट धेरै सिचाइ गर्न सकिन्छ ।कृषि क्षेत्र बिकासका लागि अाैषधि छर्किने स्प्रे ट्याकि बितरण गरेकाे छु।कम समयमा धेरै खेत सिचाईका लागि ट्युवेलकाे ब्यवस्थापन मिलाएकाे छु।साथै मैलेे पकेट क्षेत्र काे रुपमा खेति गर्न किसानहरुलाई सुझाव दिदैअाएकाे छु।किसानहरु सग काधमाकाध मिलाएर अगाडि बढेकाे छु ।मेराे लक्ष्यनै कृषि उत्पादनमा बढावा दिनु हाे ।कृषि उत्पादन बढे मात्रै सबै बिकास सम्भव छ।अार्गेनिक कृषि उत्पादन ले अामनागरिक काे स्वास्थ्य पनि स्वस्थ्य रहेने भएकाेले अाफ्नै वडाका किसालाई अगाडी बढाउने लक्ष्य रहेकाे छ। हामी नेपालीहरुकाे बानि भारत देश माथि हरेक कुरामा निर्भर छाै ।त्यस कुरा लाई हटाई अात्मनिर्भरताका लागि किसानमा लगानि गरेेेकाेे छु ।
८तपाईकाे वडामा रहेका समस्याहरुकाे के के हुन र ती समस्या समाधान गर्न के गर्दैहुनुहुन्छ
मेराे वडामा रहेका समस्या हरु भन्नू पर्दा मुख्य खानेपानी ,बाढी ,प्रदेशसरकार अनतर्गत रहेकाे महेशपुर सुरजपुरा सडक खण्ड,एम्बुलेन्स र अागलागि नियन्त्रणका लागि दमकलकाे समस्या रहेकाेे छ।यी समस्या हरु मेराे वडाकाे बजेटबाट मात्रै सम्पन्न गर्न सम्भव नरहेकाेले मैले प्रदेश सरकार ,सघिय सरकार सग पहल गरिरहेकाे छु ।कराेडाै बजेट खर्च हुने समस्या रहेकाेले माथिल्लो सरकार सग पहल गरेकाे छु ।
९अन्त्यमा त्रिवेणी प्रेस मार्फत केही भन्न चाहनुहुन्छ ?
अन्त्यमा त्रिवेणी प्रेस लाई धन्यवाद दिन चाहन्छु कि हाम्राे ग्रामीण क्षेत्रमा भएका गतिविधि लाई पत्रिका मार्फत अामनागरिक सम्म सुचना पुर्याउन सहजता प्रदान गरेकाेले मुरि मुरि धन्यवाद दिन चाहन्छु।हामिले गरेका काम कार्यलाई जनतामाझ पुर्याउन निकै ठुलाे यााेगदान गरेकाे महशुस गरेकाे छुु ।साथै अामजनताले याे लेख पढेर अाफ्नाे सुझाव सल्हाह दिन अाग्रह गर्दछु ।अामनागरिकले दिएकाे सरसल्हालाई लाई सहजैरुपमा स्विकार गरि अगामि दिनमा सुझावकाे अाधारमा बजेट बाडफाड तथा वडा कार्यालयबाट सेवा प्रवाहलाई सहज र सरल तरिकाले अगाडि बढाउने छु।







Comments