महिला नेतृ कमला तिवारी पराजुली ले गरिन भु अार्जन अधिकृत काे पदभार ग्रहण
नन्दु यादव नवलपरासी
नवनियुक्त भु अार्जन अधिकृत कमला तिवारी पराजुली अाज पदभार ग्रहण गरेकि छन । अाज बिहारकाे बाल्मिनगरमा रहेकाे गण्डक योजना काे कार्यालयमा पुगि पदभार ग्रहण गर्नु भएकाे हाे।
पदभार ग्रहणमा प्रतापपुर गाउपालिका का अध्यक्ष उमेशचन्द्र यादव ,नेपाली कान्ग्रेसका प्रतिनिधि सभा १सभापति मुकुल कुमार अाचार्य लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएकाे थियाे ।
नेपाल महिला सङ्घ कि केन्द्रिय सदस्य समेत रहनु भएकी पराजुली जनता बिच सरल र सहज तरिकाले लामाे समय देखि सामाजिक कार्य गर्दै अाउनु भएकाे छ ।लामाे समय शिक्षक पेशा मा रहनु भएकि पराजुली देशलाई सहि दिशा तर्फ डाेर्यानु पर्छ भन्दै पछिल्लो समय राजनीति तर्फ अग्रसर हुदै अाफुलाई ईमानदार जुझारु राजनितिक नेतृ काे रुपमा पहिचान दिलाउन सफल महिला हुन।पराजुली ले दिन रात नभनि सधै जनताकाे सेवामा समर्पित रहदै अाउनु भएकाे छ ।नवलपरासीमा राजनितीक तर्फ महिला नेतृ प्रस्ट बक्ताकाे रुपमा वहाँकाे पहिचान रहेकाे छ ।
सरकार ले दिएकाे जिम्मेवारीलाई अाफु ईमानदारीताका साथ पूरा गर्ने बताउनु भयाे साथै दुई देश बिच काे सम्बन्ध सुमधुर कायम राख्ने प्रतिबद्धता ब्यक्त गर्नु भयाे ।कार्यक्रम मा राजनितिक ब्यक्तित्व र पत्रकारहरुकाे समेत उपस्थिति रहेकाे थियाे ।







Comments