जनज्योति युवा क्लबको खुल्ला महिला तीज गीत प्रतियोगिता सम्पन्न
पाल्पा:- रैनादेवी छहरा गाउँपालिका वडा नं.-१, सिद्धेश्वर- मग्रान,पाल्पामा रहेको जनज्योति युवा क्लबले खुल्ला महिला तीज गीत प्रतियोगिता बुधबार सम्पन्न गरेको छ।
प्रमुख अतिथि लुम्बिनी प्रदेशका सांसद पूर्व उर्जा तथा जलस्रोत मन्त्री वीर बहादुर राना रहनुभएको थियो। भने विशिष्ट अतिथिहरुमा रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रुक्मांगत भट्टराई र रैनादेवी छहरा वडा नं. १ का वडा अध्यक्ष सोम बहादुर दर्लामी रहनुभएको थियो। अतिथिहरुमा रैनादेवी छहरा गाउँपालिका नेपाली काङ्ग्रेसका सचिब विश्वराज पन्त, नेपाली काङ्ग्रेस सिद्धेश्वर गाउँ कमिटीका सभापति शालिकराम ज्ञवाली, सिद्धेश्वर गाउँ कमिटी नेकपा एमालेका अध्यक्ष ओम बहादुर दर्लामी, सिद्धेश्वर गाउँ कमिति नेकपा माओवादी केन्द्रका अध्यक्ष ऋषीराम बुढा, न्यायिक समिति सदस्य शिव न्यौपाने, न्यायीक समितिका सदस्य दानमाया बुढा, बेद बेदाङ्ग तथा साधारण मा.वि.का प्र.अ. माधव ज्ञवाली, वि.व्य. स. अध्यक्ष माधव ज्ञवाली, सोही विद्यालयका मा.वि. नेपाली शिक्षक मान बहादुर बगाले, अंग्रेजी शिक्षक ज्योति खनाल, लेखनाथ ज्ञवाली, मग्रान देवी प्रा.वि.का प्र. अ. रमेश राना, शिक्षक उमानाथ पोखरेल लगायत विभिन्न संघ-संस्थाका प्रमुखहरु रहनुभएको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि रानाले आफू सम्पूर्ण जनताको जिम्मेवार व्यक्तित्व भएको नाताले कामको सिलसिलामा कार्यालयमा गएर विभिन्न झन्झट बेहोर्नुपर्ने अवस्था भएमा वा कुनै दुख आई परेमा आफ्नो मोबाइलमा घन्टी बजाईदिन आग्रह गर्नुभएको थियो। वहाँले सिमित नेता र कर्मचारीको पूर्वाग्रहीले गर्दा सम्पूर्ण नेता र कर्मचारीको जनता माझ विश्वास घटेको बताउनुभयो । यसै सन्दर्भमा आफू हरेक जनताको सुखदुःखमा सात्क्षकार गर्नमा कहिल्यै पछि नहट्ने जिकिर पनि गर्नुभयो ।
यस्तै गरि विशिष्ट अतिथि भट्टराईले महिलाहरू आफ्नो हक अधिकारको लागि अघि बढ्न आग्रह गर्दै विभिन्न आय-आर्जनका लागि सिपमुलक तालिममा जोडिन समेत अनुरोध गर्नुभयो। वहाँले महिलाहरूको उत्थानका लागि विविध शिर्षकमा बजेट छुट्याइएको समेत बताउनुभयो। आफू सोही क्षेत्रको जनप्रतिनिधि भएकोले हरेक क्षेत्रमा सहयोग गर्ने आश्वासन समेत दिनुभयो ।
भने विशिष्ट अतिथि दर्लामीले छिमेकी सिमा जोडिएको जिल्ला गुल्मी र त्यहाँका गाउँपालिकासँगको राम्रो सम्बन्धले हरेक कार्य गर्न सम्भव भएको बताउनुभयो । सिद्धेश्वर वडाले विभिन्न संस्कृतिलाई जोगाउन लागिपरेको समेत बताउनुभयो।
भने अतिथिहरुले समेत जनज्योति युवा क्लबको यो सह्रानीय कार्यप्रती सम्मान प्रकट गर्दै शुभकामना मन्तव्य राखेका थिए।
उक्त खुल्ला महिला तीज गीत प्रतियोगितामा ७ समूहको प्रतिस्पर्धा रहेको थियो। जसमा संघर्षशील महिला समूह रुरुक्षेत्र-१, गुल्मी- प्रथम, भगवती महिला समूह छत्रकोट- अघाहा, गुल्मी द्वितीय, सिद्धेश्वरी महिला समूह रैनादेवी छहरा-१, सिद्धेश्वर, अर्चलेको समूह तृतीय र लालीगुराँस महिला समूह मग्रान सान्त्वना भएका थिए। क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेहरुलाई प्रमाणपत्र,मेडल र नगद पुरस्कार रु. १०,०००।-, ७,०००।-, ५०००।- र ३,०००।- प्रदान गरिएको थियो। भने सम्पूर्ण सहभागी समूहहरूलाई समेत मायाको चिनो, प्रमाणपत्र र केही नगद पुरस्कार समेत दिएको थियो।
निर्णायक मण्डलमा बेद बेदाङ्ग मा.वि. का शिक्षक मान बहादुर बगाले, ज्योति खनाल र मग्रान देवी प्रा.वि. का शिक्षक रमेश राना रहनुभएको थियो।
कार्यक्रम क्लबका अध्यक्ष गोपाल कुमालको अध्यक्षताबाट संचालन भएको थियो भने क्लबका सचिब युवलाल कुमालले कार्यक्रम संचालन गर्नुभएको थियो।
दर्शकहरूको बाक्लो उपस्थितिहरुलाई मनोरञ्जनको लागि स्थानीय पन्चेबाजा समूहले निकै उत्साहित समेत बनाएको थियो।







Comments