फरार अभियुक्त लाई धमाधम पक्राउ गर्दै नवलपरासी प्रहरी

नन्दु यादव 
नवलपरासी । 
 
विभिन्न प्रकृतिका अपराध गरेर लुकिछिपी बसेका फरार अभियुक्तलाई नवलपरासी  प्रहरीले धमाधम पक्राउ गरिरहेको छ । अपराध गरेर भागेका प्रहरी सूचिका फरार व्यक्ति, अदालतले विभिन्न मुद्दामा कैद, जरिवाना तोकेका व्यक्तिहरु कैद र जरिवाना भुक्तानी नगरेका व्यक्तिलाई प्रहरीले पक्राउ गरिरहेको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (ब.सु.प.) द्बारा २०८१ साल भदौ महिनामा संचालित फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत यस जिल्ला तथा मातहत  प्रहरी कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले सम्मानित अदालतबाट फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी विभिन्न मुद्धाका १८४ जना फरार प्रतिवादी पक्राउ गरि फैसला कार्यान्वयनका लागि सम्मानित जिल्ला अदालत परासी पठाएको हाे ।जसमा ३३ वर्ष  ६ महिना २७ दिन कैद तथा १२,४८,४४७ रुपैयाँ जरिवाना असुल हुन आएको छ । साथै अभियानका क्रममा ३७ जना फरार पक्राउ गरि सबैभन्दा धेरै संख्याका आधारमा ईलाका प्रहरी कार्यालय सेमरीका प्रमुख प्र.व.ना.नि. रमेश प्रसाद रेग्मीलाई जिल्ला प्रहरी कार्यालय नवलपरासीले नगद पुरस्कार सहित प्रशंसापत्र प्रदान समेत गरेेेकाेे छ ।रेग्मी नेपाल प्रहरीकाे एउटा असल र सफल प्रहरीकाे रुपमा परिचित छन।ईलाका प्रहरी कार्यालय सेमरी मा अाए लगतै फरार प्रतिबादी पक्राउ ,तस्करी नियन्त्रण ,लागुअाैषध दुर्बयसनि बिरुध्द लागदै अामनागरिकमा शान्ति कायम गर्दै अगाडि बढेेेकाेे उनी एक सक्षम प्रहरी काे रुपमा अाफुलाई चिनाउन सफल भएका छन। साथै फरार प्रतिवादी पक्राउ कार्य निरन्तर जारि रहने जिल्ला प्रहरी कार्यालय नवलपरासी का सुचना अधिकारी रेशम बाेहराले जानकारी दिनु भयाे ।
 
नवलपरासी मा प्रहरी प्रमुख ज्ञानेन्द्र फुयाल सरुवा भई आएसँगै फरार अभियुक्त पक्राउ र तस्करी राेक्न थालेका हुन।
 
प्रहरीले अदालतले विभिन्न समयमा फैसला गरि फरार रहेकाहरुलाई प्रक्राउ गरि कारागार चलान गरिरहेकाे छ। अझै पनि केही अभियुक्त फरार रहेकाे लागि कडाईका साथ खाेजतलास भईरहेकाे सुचना अधिकारी बाेहराले बताए ।
 
हालै सरुवा भई आउनु भएका एसपि फुयालको विशेष अप्रेशनमा प्रतिवादीहरु प्रक्राउ परेको जनाईएको छ । गल्ती गरेपछि कुनै दिन कानुनको दायरमा आउने पर्छ भन्ने मान्यता स्थापित गर्न पनि जिल्लामा फरार अभियुक्त पक्राउ अभियान नै चलाईएको प्रमुख फुयालले बताए ।
एक सफल प्रहरी अफिसरको पहलमा धेरै सुधार हुन्छ भन्ने उदाहरण फुयाल रहेका छन।  कार्यालय परिषदमा जनमैत्रि स्थान,सामन्य मानिसको सिधै प्रहरी प्रमुखको पहुच लगाएतका उल्लेखनिय कार्य गदै अहिले जिल्लामा पहिचान बनाएका छन् । गाउँमा आत्महत्या तथा अन्य सचेतना जगाउन विभिन्न कार्यक्रम,ग्रामिण भेगमा प्रहरी गस्ति,सामुदायिक प्रहरी मार्फत जनगुनासो सम्बोधन उनि आएपछिका उल्लेखनिय सुधार युक्त कामहरु रहेको जिल्लाबासीको भनाई छ।

Comments