नवलपरासीमा ट्रकले ठक्कर दिदाँ एक जनाको मृत्यु
सहबान अन्सारी भदाै३१
नवलपरासीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ।
सोमवार रामग्राम नगरपालिका वडा नं. ४ घोडपाली चोक स्थित हुलाकी सडक खण्ड अन्तर्गत पश्चिमबाट पुर्व तर्फ जादै गरेको ना ८ ख ७५४९ नम्बरको को ट्रकले बिपरित दिशाबाट आउदै गरेको लु. प्र. ०१-००२ प २०५४ नम्बरको मोटरसाईकललाई ठक्कर दिदाँ मोटरसाईकल चालक रामग्राम नगरपालिका वडा नं.९ जोकवारे बस्ने ३७ बर्षिय प्रेम ढांडीको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटना परि गम्भिर घाईते भएका ढांडीको उपचारको लागी जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो ।
ट्रक,ट्रक चालक र मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी रेशम बोहराले बताए।







Comments