प्रतापपुरमा बक्ततृत्वकला प्रतियाेगिता सम्पन्न
नन्दु यादव नवलपरासी
पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपुर गाउपालिका वडा न ७सुर्यपुरामा पालिका स्तरीय बक्तृत्वकला कार्यक्रम सम्पन्न भएकाे छ। बाल सन्जालका अध्यक्ष बिश्वानन्द यादवकाे अध्यक्षता तथा प्रतापपुर गाउपालिका कि उपाध्यक्ष मानकुमारी चाैधरी काे प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।६०अाै बालदिवसकाे अवसरमा बालबालिकामा लगानी सुनिश्चित भबिष्यकाे थालनि भन्ने मुलनाराकाे साथमा साेे कार्यक्रम सम्पन्न भएकाे हाे ।प्रतापपुर स्तरीय बाल सन्जाल र एकता युवा क्लबको आयोजना प्रतापपुर गाउँपालिका र इन्द्रेणी सामाजिक विकास मञ्चको प्राविधिक सहयोगमा भएकाे हाे ।वक्तृत्वकला प्रतिगोगितामा १३ वटा बिद्यालयकाे सहभागीता रहेकाे थियाे ।जसमा प्रथम हुनेमा ब्रह्म बाबा आ.वि जमुनिया कि अर्चना चाैधरी दिृतिय हुनेमा सावित्री अा.बि.हर्षपुराका मोहम्मद अलि र तृतीय हुनेमा महेन्द्र मा.बि.साेमनीकी खुसी यादव ले सफलता हासिल गरेका थिए ।सफल हुने बिद्यार्थी लाई पुरस्कार समेत बितरण गरिएकाे थियाे। कार्यक्रम मा बाेल्दै प्रमुख अतिथि मानकुमारी चाैधरी ले अाजकाे बालबालिका भाेलिकाे कर्णधार भएकाेले बालबालिकाहरुकाे चाैतर्फि बिकासका लागि लगानि गर्नु अावश्यक रहेकाे बताउनु भयाे। साथै कानुन बिपरित बालबालिकालाई कलकारखाना ,खानि अन्य जाेखिमपुर्ण काममा लगाउने ,बालबिबाह ,अपहरण तथा बन्धक लगायतकाे बिरुद्ध मा विभिन्न किसिम काे जनचेतनामूलक कार्यक्रम सन्चालन गर्नपर्ने वहाले बताउनु भयाे ।अाफुले बालबालिकाहरुकाे चाैतर्फि बिकासका लागि बजेट बिनियाेजन गर्दै अाएकाे समेत बताउनु भयाे कार्यक्रममा वडा न ३का अध्यक्ष रिसिदेव दास ,वडा न ९का अध्यक्ष जयकिशुन चाैधरी ,वडा न ८का अध्यक्ष सन्ताेष राजभर हरिशकर तिवारी लगायतले शुभकामना मन्तब्य राख्नु भएकाे थियाे ।कार्यक्रम लाई राजा गाेसाईले सन्चालन गर्नुभएकाे थियाे ।







Comments