छाेटी भन्सार कार्यालय सन्चालनमा नअाउदा बर्सेनि लाखाै राजस्व गुम्दै

नन्दुु यादव ।नवलपरासी 
पश्चिम नवलपरासी जिल्लामा रहेका छाेटी भन्सार कार्यालय सन्चालनमा नअाउदा हरेक बर्ष लाखाै राजस्व नेपाल सरकारले गुमाउदै अाएकाे छ ।महेशपुर भन्सार कार्यालय अन्तर्गत रहेकाे गुठिप्रसाैनी छाेटी भन्सार कार्यालय ,भुजहवा छाेटी भन्सार कार्यालय र बिशुनपुरा छाेटी भन्सार कार्यालय काेराेना काल देखि नै बन्द रहेकाे छ ।
 
काेराेना कालमा बन्द भएपछि अझै सम्म सन्चालनमा अाउन सकेकाे छैन ।सिमा नाका सग जााेडिएकाे भारतकाे विभिन्न ठाउबाट अाउने अान्तरिक पर्यटन हरु सवारी साधनकाे सुबिधा तथा भन्सार गराउन का लागि  महेशपुर भन्सार कार्यालय धाउनु पर्ने बाध्यता रहेकाे बताईएकाे छ।जुन छाेटि भन्सार कार्यालय बाट निकै टाढाकाे दुरिमा रहेकाे छ ।
 
भारतिय सवारी साधनकाे भन्सार गराउने कार्यालय टाढा रहेकाेले झन्झट मान्दै त्रिवेणी धाम तथा मदारमेलामा भक्तश्रध्दालुहरु अाउनेकाे सख्यामा बर्सेनी कमि हुँदै  गएकाे हरपुरका कन्हैया हरिजनले बताउनु भयाे ।यति मात्रै नभई नेपाल भारतकाे बिच रहेकाेे राेटिबेटिकाे सम्बन्ध पनि चिसिदै गएकाे छ ।भारतियहरु नेपालमा सहजरुपमा अाउन नपायपछि नेपाल र भारतमा हुँदै अाएकाे एकअापसमा बैैैबाहिक कार्यक्रमहरुमा पनि समेत कमि हुँदै गएकाे हरिजनले बताउनु भयाे ।
 
छाेटी भन्सार सन्चालनमा नअाएपछि राजस्व  गुम्दै गएकाे सरावल ७का वडाअध्यक्ष हेयात खा धुनियाले बताउनु भयाे । भुजहवा छाेटी भन्सार कार्यालय सन्चालनका लागि अाफुले पटकपटक महेशपुर भन्सार कार्यालय लाई अाग्रह गर्दा पनि कुनै पनि चासाे नलिएकाे बताउनु भयाे।भारत सीमापारी लक्ष्मीपुर, झुलनिपुर बहुअार बजार  बरगदवा बजार नाकाबाटमानिसहरुकाे  अावतजावत तथा सामानहरुकाे अायात निर्यात हुने गरेकाे धुनियाले बताउनु भयाे ।
 
धेरै समय हुदा त्यहा रहेकाे भवन कार्यालय हरु समेत जीर्ण बनेका छन ।पश्चिम नवलपरासी २७किलाेमिटर दुरि सीमासग जाेडिएकाे नाकामा छाेटी भन्सार पुर्न स्थापना नहुदा चाेरी तस्करी नियन्त्रण गर्न समेत सुरक्षाकर्मी हरुलाई चुनाैति रहेकाे छ।  
 
उता महेशपुर भन्सार कार्यालय काे प्रमुख बुध्दि कुमार चुडालका अनुसार पश्चिम नवलपरासीमारहेका ३वटा छाेटी भन्सार कार्यालय लाई सन्चालनमा ल्याउनकाे लागि अर्थ मन्त्रालयबाट कुनै पनि किसिमकाे निर्णय नभएकाेले सन्चालनमा ल्याउन नसकिएकाे बताउनु भयाे।हामिले मात्रै यहाँबाट सन्चालनमा ल्याउन नसक्ने अवस्था रहेकाे बताउनु भयाे। ।यसकाे लागि अर्थ मन्त्रालयले निर्णय गरि भन्सार बिभागलाई दिईसकेपछि भन्सार बिभागले कर्मचारी खटाई सन्चालन गर्न सकिने कुरा बताउनु भयाे ।
 
अर्थ मन्त्रालयले मधेशप्रदेश तथा लुम्बिनी प्रदेशकै केही ठाउमा छाेटी भन्सार कार्यालय सन्चालन का लागि निर्णय गरे अनुसार सन्चालनमा छन ।तर नवलपरासी काे हकमा भने निर्णय गरेकाे छैन। भुजहवा भन्सार कार्यालयकै भवनमा सशस्त्र प्रहरी बल नेपाल बसिरहेकाले पनि समस्या भईरहेकाे बताउनु भयाे तेस्तै गुठिप्रसाैनी छाेटी भन्सार कार्यालयमा समेत बिगत लामाे समय देखि बस्दै अाएकाे सशस्त्र प्रहरी बल नेपाल साउन महिनामा मात्रै अाफ्नै भवनमा सरेका छन।भन्सार सन्चालनमा ल्याउन अाफु पनि पहल गरिरहेकाे प्रमुख चुडालले बताउनुभयाे।
 
१बर्ष अगाडि माननिय सासद बिनाेद चाैधरीले लावा लस्करका साथ भुजहवा छाेटी भन्सार कार्यालय पुगेर चाडै भन्सार खुल्ने बाचा गरेपनि अझैै सम्म खुल्न सकेकाे छैन ।छाेटी भन्सार कार्यालय सन्चालनमा नहुदा राज्यलाई करबाट अाउने कराेडाै रकम नाेक्सान हुने गरेकाे पाईन्छ।
 
 
 
 

Comments