महेशपुर सुरजपुरा सडकखण्ड नबन्दा अावतजात गर्न स्थानीय लाई सास्ती

 

 

 

नन्दु यादव ।नवलपरासी 

भदाै २६

पश्चिम नवलपरासी जिल्लाकाेे महेशपुर देखि सुरजपुरा सम्म जाेडने सडक नबन्दा स्थानीयहरुलाई अावतजावत गर्न सास्ती भएकाे छ । 

यो सडक महेशपुरदेखि सुर्यपुरा सम्म जोड्ने लगभग १०किलाेमिटर  लम्बाई रहेकाे छ । जुन अहिले बेहाल अवस्थामा रहेकाे छ। याे सडकबाट दिनहु हजाराै सवारीसाधनहरु अावतजावत गर्ने गरेका छन । खाल्डाखुल्डी का कारण सवारी साधनहरु चाडै बिग्रने गरेका छन।

सडक ठाउठाउमा भत्किदा एकातिर दुर्घटनाकाे जाेखिम बढेकाे छ  भने सडक नबन्दा कष्टकर यात्रा गर्नुपर्ने यसक्षेत्र का जनताकाे बाध्यता रहेकाे छ ।

नवलपरासी र भारतकाे विभिन्न ठाउबाट याेे सडकबाट नवलपरासी जिल्लाकाे सदरमुकाम ,भैरहवा बुटवल सम्म,पुग्ने मुख्य बाटाे रुपमा रहेकाे छ ।हिउदमा धुलामेय र बर्षातमा हिलामेय भएकाे सडकका कारण बालबालिका तथा बृध्दबृध्दामा विभिन्न किसिमकाे राेगकाे सङक्रमण हुने खतरा बढेकाे छ । दम ,अाखा चिलाउने लगायतका सङ्क्रमणका साथै वातावरणीय प्रदुषण समेत बढेकाे भुजहवाका सज्जाद अलि ले बताउनु भयाे ।

सडक नबन्दा भुजहवा  बजार क्षेत्रकै सडक बर्षायाममा हिल्लामेेहुदा स्थानीय लाई हिडडुल मा समेत समस्या भएकाे छ ।जनप्रतिनिधि लाई याे बिषयमा पटकपटक ध्यानाकर्षण गराउदा पनि अाश्वासन मात्रै पाएकाे  स्थानिय राजमगल सहानीले बताउनु भयाे ।

महेशपुरदेखि सुरजपुरासम्म पूर्ण रुपमा यो सडक ठाउँ ठाउँमा खाल्डाे रहेकाे छ जसले गर्दा स्थानिय क्षेत्रमा भएकाे अापबिपतमा सदरमुकामबाट एम्बुलेन्स, दमकल अाउन घण्टाै कुर्नु पर्ने हुन्छ जसले गर्दा बिरामिहरुले अकालमै ज्यान गुमाउनु पर्ने बाध्यता समेत रहेकाे छ भने अागलागि, बाढि जस्ता दैबिक  प्रकाेपबाट धेरै क्षति हुने गरेकाे  माेजरहियाका अकलेस मिश्राले बताउनु भयाे।

साथै याे सडक बाढि क्षेत्रमा पर्छ।जसले गर्दा बाढि अाएकाे बेलामा परासी सदरमुकाम पुग्न सकिँदैन।६०अाै बर्ष देखि बाढि अाएकाे समस्या लाई अहिले सम्म  कुनै किसिमबाट समाधान गर्न सकिएकाे छैन।

तर नेताहरुले वर्षौंसम्म नआउने र बर्षातकाे समयमा बाढी आएको बेलामा आएर फोटो खिचाउने, सेल्फी लिने जनताहरुकाेे अगाडि झुठाे बाचा गरिदै अाएकाे पुरानै परम्परा रहेको छ। 

यश क्षेत्रमा रहेका जनताहरुकाे मत लिन निर्वाचनकाे समय विभिन्न झुठा अाश्वासन देखाई सदन सम्म पुगिरहेका छन तर सदनमा यी समस्याहरु नराखेकाे स्थानियहरु दुखेसाे पाेखेका छन ।

नेताहरु अवस्था र देशकाे ब्यवसथा मा परिवर्तन भएपनि यश क्षेत्रका जनता ब्यथा परिवर्तन हुन सकेन।विभिन्न निर्वाचनमा  धेरै जननिर्वाचित प्रतिनिधि अाए पनि समस्या जिउकातिउ छन तर  कुनै पनि नेताले समस्या समाधान प्रति चासाे देखाएनन ।जुन जाेगि अाए कानै चिरेकाे भनेझै भाकाे छ यश क्षेत्रका जनताकाे ।अब नेताहरुप्रति अाशा र भराेसा टुटिसकेकाे भुजहवा का छेदि मुरावले बताए ।

अब पनि याे सडक नबने अब काे निर्वाचनमा मत नहालि बहिस्कार गर्ने समेत यस क्षेत्रका जनताहरुले चेतवानि दिईरहेका छन।  याे सडक पाल्हिनन्दन गाउपालिका ,सरावल गाउपालिका र प्रतापपुर गाउपालिका मा पर्छ। जिल्लाकाे २वटै प्रतिनिधि सभा सग सम्बन्धित रहेकाे छ भने ३वटा प्रदेश सभा क्षेत्रकाे भुभाग सग सम्बन्धित रहेकाे छ।याे सडक प्रदेश सरकार अन्तर्गत रहेकाे छ।

यश क्षेत्र बाट निर्वाचित हुने मा सघिय ससदमा मा .बिनाेद चाैधरी ,मा.धुर्व बहादुर प्रधान र प्रदेश तर्फ मा. देवकरण कलवार ,मा. बिश्वप्रेम पाठक र मा. बैजनाथ जैसवाल रहनु भएकाे छ।

 

Comments