पश्चिम नवलपरासीमा सशस्त्र प्रहरीद्वारा अबैध सामानहरु धमाधम नियन्त्रणमा
नन्दु यादव चैत ६नवलपरासी
सशस्त्र प्रहरी बल नेपाल २६नम्बर गण पश्चिम नवलपरासी मा केही दिन अगाडि सरुवा भई अाउनु भएका एसपि प्रकाश बाग्लेले जिल्लाकाे प्रमुखकाे रुपमा कमान्ड समालेपछि जिल्लाका तस्करहरुकाे भागाभाग मच्चेकाे छ ।जिल्ला काे सिमा नाकाबाट भईरहेकाे अबैध चाेरि तस्करी नियन्त्रणमा सक्रियता देखायपछि अहिले तस्करहरु ले तस्करी गर्न पाएका छैनन ।अामनागरिक हरुलाई शान्ति सुरक्षा दिने र सिमा नाकाबाट हुने चाेरि पैठारी लाई नियन्त्रण गर्ने मेराे मुख्य लक्ष्य रहेकाे एसपि बाग्लेले बताउनु भयाे ।नवलपरासी तस्करहरुकाे अखडा बन्दै गईरहदा त्यसलाई नियन्त्रण गर्न एसपि बाग्ले लागि परेका छन ।अाफु सक्रियता का साथ अाफ्ना मातहतका सबै प्रहरी युनिटलाई तस्करी राेक्न कडा रुपमा निर्देशन दिदै अाएका छन। अहिले विभिन्न सीमानाकाहरुबाट अाेसार पसार भईरहेकाे अबैध सामामनहरु सशस्त्र प्रहरी बल नेपालकाे टाेलिले अबैध समानहरु निकै कडाईका साथ बरामद गरिरहेकाे छ ।सिमाबाट हुने चाेरि तस्करी नियन्त्रण गर्न सशस्त्र प्रहरी बल निकै सक्रियता का साथ अबैध सामानहरु धमाधम नियन्त्रणमा लिन थालिएकाे छ।यसै गरि सरावल ३र चमनटाेलाबाट रु१ लाख ८०हजार३सय १०रुपैया बराबरकाे कपडा ,केराउ ,धान ,टिसर्ट लगायतकाे सामान नियन्त्रणमा लिएकाे एसपि बाग्लेले जानकारी दिनु भयाे ।अहिले नवलपरासी मा तस्करी मा कमि अाएकाे छ ।







Comments