नवलपरासीमा नातिसगैं हजुरबुवाको हत्या गर्ने २ जना पक्राउ
सहबान अन्सारी
नवलपरासीमा हजुरबुवा र नातीको धारिलो हतियार प्रयोग गरी हत्या गर्ने २ जना पक्राउ परेका छन
फागुन १ गते सुस्ता गाउँपालिका वडा नं. ३ मर्चहवा स्थितमा अक्षयलाल चमार र निजको नाति गौचरण चमारको धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो।
हत्या भएको हजुर बुवा र नातीको चमारको शरीरमा बिभिन्न भागमा धारिलो हतियार प्रहार गरीएको घाउहरु भएको दुबै जना शव मृत अवस्थामा भेटिएपछी उक्त घटना स्थलमा बाया हातमा लगाउने हाफ पन्जा फेला परेको र अनुसन्धानका क्रममा तालिम प्राप्त कुकुर समेत परिचालन गरीएको थियो।
घटना पश्चात करिब ३ दिन पछि केन्द्रिय अनुसंधान ब्युरो (CIB) को प्रहरी टोली समेत संलग्न भई अनुसन्धानको क्रममा सुस्ता गाउँपालिका वडा न. ३ मर्चहवा बस्ने २९ बर्षिय अजय धरिकार र सोही ठाँउ बस्ने २० बर्षिय चन्दन हरिजनको संलग्नतामा घटना भएको हुदाँ दुबै जना लाई चैत ३ गते पक्राउ गरी ईलाका प्रहरी कार्यालय बेलाटारी मार्फत जिल्ला अदालत परासीबाट ज्यान सम्बन्धि कसुर मुद्दामा दिन ७ म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।







Comments