प्रतापपुरमा महिला समुहलाई भाडा सहित पोसाक बितरण
सहबान अन्सारी
नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं. ६ गुठी परसौनीमा वडा कार्यालयको आयोजनामा वडा अन्तर्गतका ७ वटा महिला समुहहरुलाई बिभिन्न किसीमको खाना पकाउने भाडा र पोसाक सामुहिक रुपमा वितरण गरिएको छ।
बितरण कार्यक्रममा वडा नं.६ का वडाध्यक्ष केशव प्रसाद अधिकारीको अध्यक्षता तथा उपाध्यक्ष मान कुमारी चौधरीको प्रमुख अथित्यता रहेको थियो। वडा कार्यालयले चालु आर्थिकबर्षमा ४ लाख रुपयाँ महिलाहरुको लागी बिषेश बजेट बिनियोजन गरेर वडा अन्तर्गतका ७ वटा महिला समुहका महिलाहरूलाई खाना पकाउने भाडाहरु सामुहिक रुपमा बिवाह,ब्रतबन्ध,भोज जस्ता कार्यहरुमा प्रयोग गर्ने मिल्ने
साथै महिला हरुको स्तरउन्नतीको लागी र राज्यले दिएको अधिकार, समावेशी सहभागीतालाई मध्येनजर गर्दै महिलाहरुको लागी अगामी दिनहरुमा यस किसीमको कार्यक्रम गर्ने वडाध्यक्ष अधिकारीले बताए।
कार्यक्रममा जन जागृति माध्यमिक बिधालय व्यवस्थापन समितिका अध्यक्ष राम सरण पाण्डे ,
प्रतापपुर आयुर्वेद शाखाका प्रमुख दिन बन्धु मिश्रा, प्रतापपुर प्रेस क्लबका अध्यक्ष बृजराज कुशवाहा , कार्यपालिका सदस्य छविलाल हरिजन
समाजसेवी संघर्ष जायसवाल , वडा सदस्य अवधेश यादव, वडा सदस्य कन्हैया हरिजन, बेचन कुशवाहा लगायतहरुको उपस्थिती रहेको थियो







Comments