शुलक्ष्य कृषि सहकारी सस्थाकाे सहयाेगमा भुजहवामा रक्तदान कार्यक्रम सम्पन्न
फागुन २७नवलपरासी
पश्चिम नवलपरासी जिल्लाकाे सरावल गाउपालिका वडा न ७मा रहेकाे शुलक्ष्य कृषि सहकारी सस्थाकाे अार्थिक सहयाेग ,नेपाल रेडक्रस साेसाईटी रामपुरखडाैना शाखाकाे अायाेजना तथा नेपाल रेडक्रस साेसाईटी जिल्ला शाखा नवलपरासी काे प्राबिधिक सहयाेगमा अाज भुजहवामा रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ ।
शुलक्ष्य कृृषि सहकारी सस्थाकाे अध्यक्ष शतेश्वर पाण्डेकाे अध्यक्षता तथा नेपाल रेडक्रस साेसाईटिका केन्द्रीय सदस्य सुभान अलि असारीकाे प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।कार्यक्रम नेपाल रेडक्रस साेसाईटी रामपुर खडाैनाकाे अध्यक्ष दुरबिजय पटेल ,समाज राजमङ्ल सहानी , सहकारीका ब्यवस्थापक सन्ताेष कुशवाहा लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।कार्यक्रममा ३०जनाले रक्तदान गरेका थिए।







Comments