गर केहि

माघ २४नवलपरासी
गर केहि
 
यात्रा लामो मानिकन, दौड धुप किन गर्दछौ।
गर काम स्वदेशमै,किन अन्यत्र लाग्दछाै।।
एक मुठि प्राण सबको, गर्छन् रक्षा नाथले ।
अन्यत्र तिमी नलागबाबु,भन्दै छ नि यो आत्मले।।
 
छ जानू एक दिन हामी, सन्सार यो छाडेर ।
जवाफ दिन्छौ ? के तिमी, छोड्यो के देशलाई भनेर।।
राख कृति कुनै तिमि , स्व्देशका नाममा।
बिदेशी यात्रा त्यागी देउ तिमी, स्वोदेश आउ काममा ।।
 
दिन प्रति दिनले ढलि सक्यो , उमेर यो।
गर्नु पर्छ उमेर छदै ,आफ्नो कर्तव्य पूरा त्त्यो।।
गृहस्थीको याद नै सन्सारिक माया जालहो।
बुज्नु पर्छ स्यम हामी , सृष्टिमा नै यो सबै नाटकीय खेल हो।।
 
लेखक:महेश लामिछाने प्रिन्सिपल न्यु भिजन ई.स्कुल                 बर्दघाट १५पृथ्वीबस्ती

Comments