बर्दघाट ७ जिमिरेभार बजारमा स्केटीङ्ग पार्क संचालनमा

पप्पु रेग्मी, बर्दघाट, माघ १८ ।

पश्चिम नवलपरासी जिल्लाकाे

बर्दघाट ७ जिमिरेभार बजारमा स्केटीङ्ग पार्क संचालनमा आएको छ ।

"खेल खेलाैं शारीरिक तथा मानसिक रुपमा स्फूर्त बनौं " भन्ने मुल नाराका साथ संचालन गरिएको यस स्केटिङ पार्ककाे वडा नम्बर ७ का वडा अध्यक्ष ध्रुव थारुले बिहीबार उद्घघाटन गर्नुभएको हो ।

 

बर्दघाट नगर मै पहिलो पटक याे स्केटिङ पार्क संचालनमा आएपछि यस खेलमा रुची राख्नेहरुले सिक्ने र खेलमा खेलाडीहरूकाे सहभागिता रहने स्थानीय राम नारायण श्रेष्ठले  बताउनुभयाे ।

 

पछिल्लो समयमा बालबालिकामा  मोबाईलको लत बढ्दै गएकोले उनीहरुलाई खेल तर्फ आकर्षित गर्नकालागि जिमिरेभार स्केटीङ्ग पार्क संचालनमा ल्याईएको  संचालक अमृत भट्टराईले जानकारी दिनुभयो । 

   यस पार्कमा अमृत भट्टराई, विष्णु श्रेष्ठ, चन्द्रकान्त भट्टराई, भिम बहादुर विरकट्टा मगर सहित ४ जनाको सहभागीतामा ४० लाख रूपैयाँको लागतमा पार्क संचालनमा ल्याएको संचालक भट्टराईले जानकारी दिनुभयो । 

 यस अघि रुपन्देहीको भैरहवामा स्केटिङ्ग पार्क संचालनमा ल्याईसकेको छ भने कोटीहवामा संचालनको अन्तिम तयारीमा रहेको र स्याङ्गजाको वालीङमा निकट भविश्यमै संचालन गर्ने तयारी गरिएको संचालक विष्णु श्रेष्ठले जानकारी दिनुभयो ।

खेल सिकाउनका लागि अनुभवी प्रशिक्षक संगै सम्भावित दुर्घटना हुन नदिनकाेलागी सुरक्षा सामाग्रीकाे व्यवस्था गरिएको व्यवस्थापक प्रकाश श्रेष्ठले जानकारी दिनुभयो ।

Comments