बर्दघाट प्रेस क्लबले आफ्नो स्थापना दिवस मनायो
पप्पु रेग्मी, बर्दघाट, १२ माघ ।
पश्चिम नवलपरासी जिल्लाको बर्दघाट प्रेस क्लब बर्दघाटले आफ्नो स्थापना दिवसको अवसरमा शुक्रबार "बर्दघाट नगरको शिक्षा र सञ्चारको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरी मनाएको छ ।
बर्दघाट प्रेस क्लब बर्दघाटका अध्यक्ष कुस्माकर ढकाल (कृष्ण ) को अध्यक्षतामा बर्दघाट उद्याेग वाणिज्य संघकाे हलमा अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न गरिएको हो ।
बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठ, नगर उप–प्रमुख रुद्रप्रकाश उपाध्याय, प्रमुख प्रशासकिय अधिकृत प्रकाश खनाल, सामाजिक विकास समिति संयोजक भिमकाजी गुरुङ, शिक्षा शाखा प्रमुख लोकराज पन्थी, सामुदायिक विद्यालयका प्रध्यानाध्यापकहरु, क्याम्पस प्रमुख, संस्थागत विद्यालयका छाता संगठनका प्रतिनिधि शिक्षक तथा विभिन्न पेशागत संघ संगठनका प्रतिनिधिहरुको सहभागीतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको कार्यक्रममा सहभागीहरुले बर्दघाट प्रेस क्लबलाई समाजमा सकरात्मक सन्देश जाने खालका विश्लेषणात्मक समाचारहरु सम्प्रेषण गर्न सुझाव दिएका थिए । सञ्चार माध्यम र पत्रकारले बजार क्षेत्र भन्दा पनि गाउँका विभिन्न समुदाय सम्म पुगेर पत्रकारिताको माध्यमबाट विविध सवालहरुकाे उजागर गर्न बक्ताहरूले अाग्रह गरेका थिए ।
अन्तक्रिर्या कार्यक्रममा संस्थागत र सामुदायिक विद्यालयहरुसँग सहकार्य गरी शैक्षिक गतिविधिहरुलाई दैनिक रुपमा पत्रकारहरूले उठान गर्न आग्रह गर्दै,
पछिल्लो समयमा बर्दघाट क्षेत्रमा पत्रकारीतामा नयाँ पुस्ता नदेखिएको भन्दै त्यस तर्फ केन्द्रीत हुन प्रेस क्लबलाई सुझाव दिएका थिए ।
कार्यक्रममा बर्दघाट नगर प्रमुख श्रेष्ठले नगरका सामुदायिक र संस्थागत विद्यालयलाई एकरुपतामा लैजाने बताउदै, अगामि दिनमा शिक्षा क्षेत्रमा वजेट बढाउदै प्रविधि मैत्री विद्यालय बनाउने जानकारी दिनुभयो ।
कार्यक्रममा बर्दघाट क्षेत्रबाट विभिन्न संचार माध्यममा अावध्द भई
पत्रकारिता गर्ने पत्रकारहरुको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रमकाे सञ्चालन प्रेस क्लबका सचिव प्रकाश न्यौपानेले गर्नुभएको थियो ।







Comments