भुजहवामा तेस्राे राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु
नन्दु यादव ,श्याम बदनहरिजन माघ७नवलपरासी
नवलपरासी जिल्लाकाे सरावल गाउपालिका वडा न ६मा रहेकाे जनता माध्यमिक बिद्यालय भुजहवामा तेस्राे राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ।
प्रतियोगिताको उद्घाटन गर्दै गाउपालिका अध्यक्ष सुखाडीप्रसाद चाैधरी सरावलबाट राष्ट्रिय, अन्तरराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न योग्य खेलाडी उत्पादनमा गाउपालिकाले पर्याप्त लगानी गर्ने बताए।
उनले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताप्रतिको आकर्षण र सरावलमा विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्न सकेमा मात्रै खेल क्षेत्रको प्रगति हुनसक्ने र खेलबाटै जीविकोपार्जन गर्नसक्ने गरी जनशक्ति उत्पनाादन गरिनुपर्छ।मानिसको शारीरिक र मानसिक विकासका लागि खेलकुद महत्वपूर्ण कडी भएको बताउँदै विद्यालयस्तरमा हुने यस्ता खाले प्रतियोगिताले खेलाडी उत्पादनमा टेवा पुर्याउने बताउनुुभयाे ।कार्यक्रममा वडा न ६का अध्यक्ष छाेटेलाल गुप्ता ,सरावल गाउपालिका का प्रशासकिय अधिकृत विशाल मिश्रा,गाउपालिका उपाध्यक्ष बासमति हरिजन लगायतले बाेल्नु भएकाे थियाे ।प्रतियाेगितामा कबड्डी ,भलिबल ,हाईजम्प लङजम्प लगायतकाे खेलहरु हुने बिद्यालयका प्राधानाध्यापक श्रीकृष्ण कुशवाहाले जानकारी दिनु भयाे ।उदघाटन कार्यक्रम लाई शिक्षक सन्ताेष प्रसाद बरईले सन्चालन गर्नु भएकाे थियाे।खेल ३दिन सम्म सन्चालन हुने बताईएकाे छ ।







Comments