अबैध कपडा महेशपुर प्रहरी द्वारा बरामद
नवलपरासी
ईलाका प्रहरी कार्यालय महेशपुरले अबैध सामान हररु धमाधम नियन्त्रणमा लिन थालेकाे छ । तस्करीलाई नियन्त्रण गर्ने लक्ष्यका साथ अबैध सामानहरु नियन्त्रण लिने गरिएकाे छ ।यसै गरि पाल्हीनन्दन गाउँपालिका वडा नं १ बड्की सुनरी स्थित भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली लुकाई छिपाई गरी राखेको अवस्थामा उक्त कपडा बरामद गरिएको प्रहरीले जनाएकाे छ ।
ईलाका प्रहरी कार्यालय महेशपुरबाट प्रहरी निरीक्षक फल बहादुर तामाङ्गको कमाण्डमा खटिएको प्रहरी टोलीले अबैध कपडाहरु बरामद गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीक सुचना अधिकारी रेशम बोहराले जानकारी दिनु भयो ।
बरामद भएका कपडा १ सय पिस, लेङ्गा ३ पिस , सल २ पिस, बलाउज ४ पिस, लुङ्गी ३७ पिस, लेडिज ज्याकेट ३ पिस र साडी ४ पिस गरि जम्मा रु २ लाख ६ हजार ६ सय मुल्य बराबरको कपडा रहेकाे बताईएकाे छ।केही समय अगाडि सरुवा भएर अाउनु भएका प्रहरी निरिक्षक फलबहादुर तामाङ कराेडाै राजस्व बराबरकाे अबैध सामानहरु नियन्त्रणमा लिन सफल भएका छन साथै अहिले ईलाका प्रहरी कार्यालय महेशपुरमा जनमैत्रि स्थान,सामन्य मानिसको सिधै प्रहरी प्रमुखको पहुच लगाएतका उल्लेखनिय कार्य गदै अहिले जिल्लामा नै सफल पहिचान बनाएका छन् । गाउँमा आत्महत्या तथा अन्य सचेतना जगाउन विभिन्न कार्यक्रम,ग्रामिण भेगमा प्रहरी गस्ति,सामुदायिक प्रहरी मार्फत जनगुनासो सम्बोधन उनि आएपछिका उल्लेखनिय सुधार युक्त कामहरु रहेको स्थानियबासकाे भनाई छ।अहिले महेशपुर क्षेत्रमा तस्करी नियन्त्रण भएकाे छ ।







Comments