भैंसी र पाडा प्रहरीकाे नियन्त्रणमा
रबिन्द्र यादव चैत१९नवलपरासी
भारतबाट अबैध रुपमा भन्सार छलि ल्याइएको भैंसी र पाडा पश्चिम नवलपरासी प्रहरीले नियन्त्रणमा लिइ भन्सार कार्यालय पठाएको छ । जिल्लाको सुस्ता गाउँपालिका वडा नं ५ तरैनीबाट रामनगर प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक बिन्ताेष लामिछानेको कमान्डमा खटिएको गस्ती टोलीले ६ वटा भैंसी र ४ वटा पाडा नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएको भैंसी पाडाको मुल्य अन्दाजी ४ लाख ८० हजार रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी भोजराज पाण्डेले बताए । अहिले नियन्त्रणमा लिइएको उक्त भैंसी पाडालाई महेशपुर भन्सार कार्यालय पठाइएको पाण्डेले समेत जानकारी दिए । प्रहरीलाई देखेपछि तस्कर फरार रहेकाले उनिहरुको खोजि कार्य तथा थप अनुसंधान भइरहेको जिल्ला प्रहरीले जनाएको हो । खुल्ला सिमानाको फाइदा उठाउदै तस्करहरुले तस्करी गरिरहेको गुनासो बढेपछि जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका एसपी विनोद सिलवालले आफ्ना मातहतका सम्पुर्ण इलाका प्रहरी कार्यालय, प्रहरी चौकी , अस्थायी पोष्ट, बिटमा तस्करी नियन्त्रणमा कडा निर्देशन दिइएको प्रहरी स्रोतले बताएको हो ।







Comments