प्रतापपुरका जनप्रतिनिधि द्वारा हार्भेस्टर मेसिन अवलोकन,कृषिमा लागत घटने
नवलपरासी पाैष२३
पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिका का जनप्रतिनिधिले उखु काटने हार्भेस्टर नामकको कृषि यान्त्रिक उपकरणको अवलोकन गरेको छ ।
गाउँपालिकाको जनप्रतिनिधि टोलिले उखु काट्ने हार्भेस्टर नामकको कृषि यान्त्रिक उपकरण छिमेकी राष्ट्र भारतको मध्यप्रदेश राज्यको खलघाट भन्ने ठाउँमा अवलोकन गरेको हो ।
प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवको नेतृत्वमा रहेको जनप्रतिनिधि,कर्मचारी र संचारकर्मीको टोलिले उखु काट्ने हार्भेस्टर मेसिन निर्माण गर्ने मध्य एक शक्तिमान नामक कम्पनीको अवलोकन र सो हार्भेस्टर मेसिनले उखु कटानी गर्दाको फाईदा र किसानको लागतमा के कति बचत हुनेको साथै मेसिनलाई संचालन गर्ने क्रममा लाग्ने लागत खर्च र संचालन गर्ने विधि तरिका बारे शक्तिमान कम्पनीका बिक्री प्रबन्धक बिकास रघुबन्सीसंग छ्लफल गरेको थियोl शक्तिमान कम्पनीका बिक्री प्रबन्धक बिकास रघुबन्सीका अनुसार हार्भेस्टर मेसिनको प्रयोग गरि उखु किसानले उखु कटानी गर्दा उखुको कटानी एक बराबर हुने र भुइमा अनावश्यक उखु नोक्सान नहुने र ज्यालादारीका लागि कामदार खोज्न झनझट पनि नहुने हुदा किसानको उत्पादन लागतमा करिब ५०% प्रतिशत रकम बचत हुने उहाँले बताउनुभ भनेर मेसिनको कटाई हेर्नको लागि मध्यप्रदेश एक खलघाट शहरको गाउँमा गरिएको उखु खेतीमा गएर प्रत्यक्ष रूपमा अवलोकन गरेको हो ।
सो अवसरमा टोलीले मध्यप्रदेशको कसरबादमा सहकारीले संस्थाले संचालनमा ल्याएको जवाहरलाल नेहरु सहकारी चिनी मिलको पनि अवलोकन गरेको छ । हार्भेस्टर मेसिनबाट कटान भएको उखुलाई मिलले सहज रूपमा स्वीकार गरेर उखु क्रसिङ्ग गरिरहेको जवाहरलाल नेहरु सहकारी मिलका कार्यालय प्रमुख आर के बर्माले भ्रमण टोलिलाई जानकारी गराएl







Comments