प्रहरीकाे कडा एक्सनले २९लाख बराबरकाे अबैध अाैषधि सहित २युवक प्रहरीकाे फन्दामा
नवलपरासी पाैष २२
अहिले ईलाका प्रहरी कार्यालय बेलाटारी कडारुपमा एक्सन लिएकाे छ ।केहि दिन यता प्रहरीलेले धमाधम अबैध सामानहरु नियन्त्रणमा लिन थालेकाे छ।यसै गरि अाज प्रतापपुर गाउपालिका वडा न ९चण्डाल टाेल बाट अबैधरुपमा भन्सार छलि ल्याईरहेकाे अाैषधि प्रहरीले नियन्त्रणमा लिएकाे छ ।ईलाका प्रहरीबेलाटारीका प्रहरी निरिक्षक श्याम प्रकाश यादवकाे नेतृत्वमा गएकाे गस्ति प्रहरी टाेलि ले चेकजाच गर्ने क्रममा दुई जना मानिस सहित कारमा लुकाईराखेकाे अाैषधि नियन्त्रणमा लिएकाे सुचना अधिकारी रेसम बाेहराले जानकारी दिनु भयाे ।
प्रदेश नं.३,०१–००२ च ८९९६ नम्बरको कारमा लुकाएर ल्याएको अवस्थामा २९ लाख ४९ हजार बराबरको औषधि बरामद भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी बोहराले जानकारी दिनु भयाे । बरामद भएका औषधिमा सलाइनमा प्रयोग हुने आइबी क्यानुला, विभिन्न रोगलगायत सर्जिकलसम्बन्धीका औषधिहरु रहेको बोहराले बताउनु भयाे । पक्राउ पर्नेमा
गोरखा जिल्ला गण्डकी गाउँपालिका–४ भेंडाबारी बस्ने ३० वर्षीय सुजन भन्ने विवेक पोखरेल र बाग्लुङ जिल्ला बडिगाड गाउँपालिका– ५ टारी बस्ने २९ वर्षीय अभिषेक खरेल रहेका छन । पक्राउ परेका औषधीसहित कार र संलग्न व्यक्तिलाई आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ । अहिले ईप्रका बेलाटारीले निकै कडाई का साथ कामकाजमा लागिपरेपछि यसक्षेत्रमा हुने चाेरी तस्करी न्युनिकरण हुँदै गएकाे छ







Comments