अस्पताल प्राङ्गणमा जनयुद्धका शहिद सुर्यबिक्रम थापाको शालिक अनावरण

 

 पप्पु रेग्मी, चाैपत्ता, 

सम्मर स्मृति प्रतिष्ठान बर्दघाट–१४ बुद्धबस्ती नवलपरासीले १० वर्षे माओवादी शशस्त्र जनयुद्धमा ज्यान गुमाउनु भएका शहिद सुर्यबिक्रम थापा (सलिम)को शालिक अनावरण गरेकोे छ । 

बिहीवार थापाको २० औं स्मृति दिवसको अवसरमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय कार्यालय सदस्य तथा जनमुक्ति सेनाका पूर्व डिभिजन सह-कमाण्डर उदय बहादुर चलाउनेले बर्दघाट - १४ स्थित शहिद स्मृति सामुदायिक अस्पताल विकास केन्द्र चाैपत्ताको प्राङ्गणमा आयोजित एक समारोहबीच शालिक अनावरण गर्नुभएको हाे ।

कार्यक्रममा पूर्व जनमुक्ति सेना नेपालका डिभिजन सह-कमाण्डर समेत रहनुभएका क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रीय कार्यालय सदस्य उदय बहादुर चलाउनले देशमा व्यवस्था अझै नबदलिएको बताउदै, देशमा राजनीतिको अधिरचना बदलिएको तर व्यवस्था भने दलाल पुँजीवादी रहेको कारण अवस्था नबदलिएको चर्चा गर्नुभयो । उहाँले जनगणतन्त्र हुदै वैज्ञानिक समाजवादका लागि संर्घषको आवश्यकता रहेको औल्याउनुभयो । 

 कार्यक्रममा नेकपा (माओवादी) केन्द्रका केन्द्रीय सदस्य तथा  संबिधानसभा सदस्य सीता वौडेलले शहिद सलीमसंगको सहकार्यको चर्चा गर्दै, शहिदले देखाएको बाटोमा अगाडि बढ्नुको विकल्प नभएको बताउनुभयो । कार्यक्रममा नेसपाका नेता तथा संबिधान सभा सदस्य चिनक कुर्मीले माओवादीहरु तितरबितर भएर शहिदका सपना पूरा गर्न नसकिने बताउनुभयो । कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय सचिवालय सदस्य अशोक लम्सालले संसदीय व्यवस्थाको अन्त्य नगरे सम्म जनताले मुक्ति नपाउने बताउनुभयो ।

पोलिटब्युरो सदस्य किशन शर्मा गैरे, केन्द्रीय सल्लाहकार ठाकुर प्रसाद चापागाईले माओवादी आन्दोलन क्षतबिक्षत भएकोले सबै एक ठाँउमा आउनुपर्ने विचार राख्नुभयो । नेकपाका पोलिटब्युरो सदस्य तथा लुम्बिनी ब्युरो ईन्चार्ज बसन्त श्रेष्ठले संसदीय ब्यवस्थाको खारेजीका लागि सबै घटकहरुले आन्दोलन थाल्नुपर्ने औल्याउनुभयो ।

कार्यक्रममा बर्दघाट नगरपालिका उपप्रमुख रुद्र प्रकाश उपाध्यायले नगरले शहिदहरुलाई सम्झने गरेर कार्यक्रम ल्याएको बताउदै शहिदहरु राष्ट्रकै गहनाका रुपमा रहेको बताउनुभयो ।

नेकपा एमालेका केन्द्रीय अनुशासन आयोग सदस्य चक्र बहादुर पराजुली, नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य देबेन्द्र पाण्डे, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य बृहस्पति अधिकारी, राष्ट्रिय जनमोर्चाका ढुण्डीराज पोखरेल लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रममा शहिद स्मृति सामुदायिक अस्पतालका अध्यक्ष निमानन्द न्यौपाने, चिसापानी अस्पतालका अध्यक्ष ईन्द्र प्रसाद सापकोटा, बाल्मिकी माविकाे प्रधानाध्यापक  रामकुमारी पाध्या, शहिद परिवारको तर्फबाट खीमा रिजाल लगायतले शुभकामना मनतव्य राख्नु भएकाे थियो ।

कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रीय कार्यालय सदस्य तथा प्रदेश ईन्चार्ज प्रेम सुवेदी, प्रदेश संयोजक श्याम बहादुर बोहोरा, तिलक पुन, बामपन्थी नेता धर्म केसी, सलीमकी आमा मीन कुमारी थापालगायत बिभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, संघ संस्थाका प्रतिनिधिहरूको आतिथ्यता रहेको प्रतिष्ठानका सल्लाहकार तथा क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य क्षेत्र बहादुर थापाले बताउनुभयो ।

कार्यक्रम प्रतिष्ठानकाे अध्यक्ष उषा के.सी.को अध्यक्षता, सचिव उर्मिला थापाको सञ्चालनमा रहेको कार्यक्रमकाे स्वागत सविता लामाको रहेको थियो । बि.स. २०६० पौष १९ गते चितवनको जलबीरेमा बिग्रेड कमाण्डरको मृत्यु भएको थियो ।

Comments